नेपालगञ्ज : नेपालगञ्जदेखि गुलरियातर्फ गइरहेको कारले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार एक महिला घाइते भएकी प्रहरीले जनाएको छ । बाँके खजुरा गाउँपालिका–७ का १९ वर्षीय नसिम साइले चलाएको बा प्र ०१०२६ प ०७१० नम्बरको कारले ठक्कर दिँदा कालिकोटको सुकाटिया गाउँपालिका–३ का २५ वर्षीय राजा आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरीले बताए ।
भे ११ प ७२६ नम्बरको मोटरसाइकलमा सवार कालिकोट शुभपालिका गाउँपालिका–३ कि २३ वर्षिया निर्मला धिताल गम्भीर घाइते भएको प्रनि गिरीले बताए । उनको उपचार शिक्षण अस्पताल नेपालगञ्जमा भइरहेको छ । गम्भीर घाइतेलाई शिक्षण अस्पताल नेपालगञ्ज पठाएकोमा आचार्यको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए ।
कार र चालक राइनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त घटना बढैयाताल गाउँपालिका–३ पुष्पनगर स्थित हुलाकी सडक खण्डमा भएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार