Listen LIVE

जानकीमा आज सार्वजनिक बिदा

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको मोहर्रम पर्वको अवसरमा गाउँपालिकाले बुधबार २ गते सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले एक सूचना जारी गर्दै मोहर्रमको अवसरमा गाउँपालिकामा २ गते एक दिन सार्वजनिक बिदा गरिएको उल्लेख छ ।

सूचना अनुसार गाउँपालिका अन्तर्गतका कार्यालय तथा शैक्षिक संघ संस्थाहरुमा सार्वजनिक बिदा रहेपनि स्वास्थ्यतर्फ अत्यावश्यक सेवा संचालनमा रहनेछ ।

प्रतिक्रिया