Listen LIVE

५० हजारका दरले बैजनाथमा आठ छात्रालाई छात्रवृत्ति

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकालले उक्त छात्रवृत्ति हस्तान्तरण गरेका हुन् ।

बैजनाथमा स्थायी घर भई उच्च शिक्षा अध्ययन गरिरहेका जेहेन्दार तथा आर्थिक रूपले विपन्न परिवारका ८ छात्रालाई जनही ५० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको हो । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेटमै व्यवस्था गरेर छात्रवृत्ति रकम प्रदान गर्न सुरु गरिएको हो ।

अध्यक्ष शाहीले छात्रवृत्तिले छात्रालाई उच्च शिक्षा अध्ययन गर्न ठूलो राहत मिल्ने बताए । ‘आर्थिक अभावका कारण उच्च शिक्षा पढ्न नसक्नेलाई यो एउटा हौसला हो,’ उनले भने, ‘छात्रवृत्ति पाएका छात्राहरूले यो हौसलापछि आफूहरूलाई अब्बल बनाउने छन् भन्ने विश्वास लिएका छौं ।’

प्रतिक्रिया