Listen LIVE

बढ्न थाल्यो गर्मी, नेपालगञ्जको तापक्रम ३१.६ डिग्री पुग्यो ।

नेपालगञ्जमा । देशका विभिन्न जिल्लाहरूमा तापक्रम वृद्धि हुँदै गइरहेको छ। हिउँद ऋतु सकिँदै गर्दा, नेपालका तराई क्षेत्रका जिल्लाहरूमा गर्मी बढ्ने देखिएको छ। महाशाखाका अनुसार, मध्य तथा पूर्वी तराईका जिल्लाहरूमा तापक्रम वृद्धि हुँदै गइरहेको छ।

नेपालगञ्जमा ३१.६ डिग्री सेल्सियस तापक्रम मापिएको थियो। यो साता भैरहवामा सबैभन्दा बढी तापक्रम मापन गरिएको छ। बुधवार भैरहवाको तापक्रम ३४.५ डिग्री मापिएको थियो भने फागुन महिनामा पनि उच्च तापक्रम रहेको थियो र जनकपुरमा बुधवार ३४.४ थियो।

तराई र चुरे क्षेत्रमा तापक्रम बढ्दो रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न र सतर्क रहन समेत अनुरोध गरिएको छ। अब विस्तारै बिहान बेलुका हल्का जाडो हुने र दिउँसो तापक्रम उच्च हुने भएकाले मौसमी प्रभावबाट जोगिन पनि महाशाखाले आग्रह गरे।

प्रतिक्रिया