नेपालगञ्ज : बाँकेको नेपालगञ्ज १५ जमुनाहास्थित प्रतिवन्धित औषधीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, कोहलपुर नगरपालिका वडा नम्बर १५ बस्ने छोटेलाल थारु र सोही ठाउँ बस्ने भुन्सी थारु रहेका छन् ।
भारतको रुपैडियाबाट नेपालगञ्ज तर्फ आउदै गरेको छोटेलाल थारुले चलाएको भे.१० प २२५८ नंम्बरको को मोटरसाईकल रोकि चेकजाँच गर्दा उक्त मोटरसाईकलमा पछाडि सवार सोही ठाउँ बस्ने भुन्सी थारुले प्लाष्टिक भित्र प्रतिबंधित औषधि लुकाई राखेको अवस्थामा फेलापारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले भोसेट नामक औषधी १ हजार ट्याबलेट र निमुस्लाइड नामक औषधी १ हजार ट्याबलेट बरामद गरेको छ । बरामदका औषधि थप आवश्यक कारवाहीका लागि औषधी ब्यवस्था बिभाग बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
2024-07-15
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार