Listen LIVE

बाँकेमा भन्सार छलिको सामान बरामद

नेपालगञ्ज : भारतबाट अबैध रुपमा भन्सार छली ल्याइएको सामान प्रहरीले बरामद गरेको छ ।

नेपालगञ्ज १ स्थित प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको चिनी, पाला, झल्लर समेत अन्दाजी मुल्य एकसट्ठी हजार सात सय पचास बराबरको सामान फेला बरामद गरिएको हो ।

उक्त सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया