चन्द्रलाल जैसी/जाजरकोट : जाजरकोटमा भीरबाट लडेर पूर्व महिला वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कुशे गाउँपालिका–४, अर्छानी निवासी ४७ बर्षिया दुर्गा जैशी रहेकी छन् ।
कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका शाहीका अनुसार आईतबार स्थानीय जंगलमा भैसीलाई घाँस काट्न गएकी जैशि उक्त जंगलमा भिरबाट लडेर गम्भीर घाईते भएकी थिइन् ।
भीरबाट लडेर गम्भीर घाइते भएकी जैशिलाई स्थानिय अस्पतालमा उपचारपश्चात् आज नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । जैशी नेपाल कम्युनिस्ट पार्टी एमालेबाट २०७४ को स्थानीय निर्वाचनमा वडा महिला सदस्यमा निर्वाचित भएर आफ्नो पदावधिसम्म जनताको हितमा काम गरेकी थिइन् ।
2024-07-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार