Listen LIVE

अवैधरुपमा ल्याइएको भारतीय माछा बरामद

नेपालगञ्ज : अवैधरुपमा भारतबाट ल्याइएको माछा बाँके प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका–३ बाट अवैधरूपले भारतबाट ल्याइएको ८० किलो माछा खजुरा प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका माछाहरुमा प्रयास र मंगुर प्रजातिका रहेका छन् । मंगुर माछा भने नेपालमा विक्रीवितरण गर्नमा रोक लगाइएको छ ।

बाँके प्रहरीले बरामद गरिएका माछालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्ज पठाइएको जानकारी दिएको छ ।

प्रतिक्रिया