Listen LIVE

नेपालगञ्जमा बसले ठक्कर दिँदा दुई जना घाइते

नेपालगञ्ज : नेपालगञ्जको पुष्पलाल चोकमा बसले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । दुर्घटनाका एक घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आज बिहान नेपालगञ्ज पुष्पलाल चोकमा कारकाँँदोतर्फ जाँदै गरेको सु.प.प्र.०१० प ९८५६ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ४५९६ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक नेपालगञ्ज कोरियनपुरका १७ वर्षीय अफ्जल हास्मी सुवेदी र स्कुटरको पछाडि सवार सोही स्थानकै १८ वर्षीय दमन बिक घाइते भएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार बिकको अवस्था गम्भीर रहेको छ भने उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ । उनको आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी बाँके ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया