नेपालगञ्ज : दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आईबिपी च्याम्पियनसिन प्रतियोगिता नेपालगञ्जमा सुरु भएको छ । प्रतियोगिताको शनिबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उदघाटन गरे ।
प्रतियोगितामा देशभरका फिटनेश क्लबहरुबाट एक सय खेलाडीको सहभागिता रहेको छ । प्रमुख विष्टले छोटो समयमा स्ट्रेन्थलिफ्टिङ्ग आईबिपी च्याम्पियनसिप प्रतियोगिता अन्तर्राष्ट्रियरुपमा पहिचान बनाउन सफल भएकोमा सहभागी खेलाडीहरुलाई बधाई दिँदै आउने समयमा थाइल्याण्ड जाने खेलाडीहरुलाई सफलताको शुभकामना दिए ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं ओलम्पियन सुरेन्द्र हमालले विश्वमा देशको नाम चिनाउन सफल भएको यस खेलमा सरकारले बिशेष लगानी गर्नुपर्ने माग गरे ।
सो अवसरमा स्ट्रेन्थलिफ्टिङ्ग सङ्घका केन्द्रीय सभापति जीवन गिरी, लुम्बिनी प्रदेश खेलकुद विकास समितिका कार्यालय प्रमुख महेशचन्द्र, जिल्ला खेलकुद विकास समितिका सचिव सन्तोष श्रेष्ठ, बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग सङ्घका सचिव चन्द्रशेखर थापा लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिए ।
कार्यक्रममा पूर्व भारोत्तोलक समसुद्दीन सिद्दिकी, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा अधिकृत लोकेन्द्र शाही, खेलकुद शाखा अधिकृत भिमबहादुर बुढा, पूर्व भारोत्तोलक राजेन्द्र बर्मा, पूर्व शारीरिक सुगठन कार्य समितिका सुरेशकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार