नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीमा प्रथम आन्तरिक भेट्रान र खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रले आयोजना गरेको प्रतियोगिताको वडाध्यक्ष प्रमोद रिजालले उदघाटन गरे ।
केन्द्रका अध्यक्ष जनार्दनरत्न मल्लका अनुसार, ५० वर्षमाथिको भेट्रानमा २० र खुल्लामा २६ टीमको सहभागिता रहेको छ ।
विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र २ हजार पुरस्कार राखिएको छ । प्रतियोगिता २८ गतेसम्म संचालन हुनेछ । केन्द्रमा नियमित प्रशिक्षण गर्ने र वडाका नागरिकलाई प्रतियोगितामा सहभागी गराइएको छ ।
एक करोड १५ लाख बढीमा बनाइएको धम्बोझीको ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा बालबालिकालाई नियमित प्रशिक्षण दिने गरिन्छ । केन्द्रले त्यसका लागि प्रशिक्षक राखेको छ । नियमित अभ्यास गर्न आउनेसँग केन्द्रले थोरै शुल्क लिने गर्दछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार