Listen LIVE

स्कुल बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

नेपालगञ्ज : स्कुल बसको ठक्करबाट बाँकेमा एकजनाको मृत्यु भएको छ । कोहलपुरबाट ढकेरी तर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको स्कुल बसले ढकेरी पुलमा ठक्कर दिँदा २६ वर्षीय गोविन्द ओलीको मृत्यु भएको हो ।

बसले ठक्कर दिँदा अन्दाजी २५ वर्षीय एक पुरुषको मृत्यु भएको बताइएको छ । ज्ञान कुन्ज स्कुल कोहलपुर १२ को उक्त बसले ठक्कर दिँदा १८ वटा ब्राख्रा समेत मरेको प्रत्यक्षदर्शीले बताएका छन् । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया