Listen LIVE

यी स्थानमा राति नै देखि निरन्तर वर्षा

काठमाण्डौ : देशका धेरै स्थानमा रातिदेखि नै वर्षा भइरहेको छ। गण्डकी र लुम्बिनीका धेरै स्थानमा १५० मिलिमिटरसम्म वर्षा भएको छ। पाल्पाको कुमाल गाउँमा सबैभन्दा धरै २७८ मिलिमिटर वर्षा भएको छ । 

काठमाडौंको लेलेमा १२४ मिलिमिटर वर्षा भएको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। लगातारको वर्षासँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागको नदी तटीय क्षेत्रमा पानीको बहाव बढेको छ। 

काठमाडौं उपत्यका भएर बहने बागमती नदीमा पनि पानीको सतहले खतराको तह पार गरेको छ। आज सबै प्रदेशका धेरै स्थानमा दिनभरजसो मेघगर्जन र चट्याङसहित हल्कादेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारीदेखि अति वर्षाको पनि सम्भावना छ । महाशाखाले भोलिसम्म देशका विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया