काठमाण्डौ : बलिउड फिल्म ‘हाउसफूल ५’ले नेपालको घरेलु बक्सअफिसमा पहिलो सप्ताहन्त उत्साहजनक कमाइ गरेको छ । शुक्रबार रिलिज भएको फिल्मको ३ दिनसम्मको कमाइ २ करोड नाघेको छ ।
सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले आइतबारसम्म २ करोड १५ लाख ग्रस कमाएको छ ।
सन् २०२५ मा नेपालमा रिलिज भएकामध्ये पहिलो सप्ताहन्त ‘हाउसफूल ५’को यो कमाइलाई उत्साहजनक मान्नुपर्छ । तर, यो फिल्म अझै लामो समय जान्छ कि जाँदैन प्रश्नहरू बाँकी छन् ।
शुक्रबार र शनिबार फिल्मले देशब्यापी आक्रामक कमाइ गरेको देखिएको थियो । अक्षय कुमार स्टारर यो फिल्म नेपालसहित विश्वभर दुईवटा क्लाइमेक्ससहित प्रदर्शनमा आएको थियो ।
बलिउड ब्यापार विश्लेषक तरण आदर्शका अनुसार यो फिल्मले हिन्दी भाषामा भारतमा ३ दिनमा ९१.८३ करोड भारु कमाएको छ ।
2025-06-09
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार