काठमाण्डौ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज एक खेल हुदैछ । आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार अपरान्ह ४ बजेदेखि शुरु हुदैछ । जारी प्रतियोगितामा काठमाडौँ गोर्खाजले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
रोहितकुमार पौडेलको कप्तानीमा खेलिरहेको लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानजस्ता विदेशी खेलाडी छन् । त्यस्तै करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलमजस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमारजस्ता विदेशी खेलाडी छन् ।
2025-11-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार