Listen LIVE

एमपी बाल बिकासका बच्चाहरुलाई ड्रेस प्रदान

नेपालगञ्ज :  नेपालगञ्जको मंगल प्रसाद बाल बिकास केन्द्रका बच्चाहरुलाई ड्रेस प्रदान गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका ८ नं. वडा कार्यालयले ड्रेस प्रदान गरेको हो । ८ नं .वडा कार्यालयका अध्यक्ष रजनीश बाजपेयीको अध्यक्षतामा बाल बिकास केन्द्रका बच्चाहरुलाई ४० थान ड्रेस वितरण गरिएको विद्यालयले जनाएको छ ।

कार्यालयका प्रशासन सहायक प्रेम बाजगाई, बाल अधिकारकर्मी ऋतिक शाही, मंगल प्रसाद नमूना माबिका व्यवस्थापन समितिका अध्यक्ष बृजेश बहादुर सिंह, मंगल प्रसाद नमूना माध्यमिक विद्यालयका वारिष्ठ सदस्य सूरज कुमार साहू, विद्यालयका प्रधानाध्यापक संध्या गुप्ताको उपस्थितिमा ड्रेस वितरण गरिएको विद्यालयका अध्यक्ष सिंहले जानकारी दिए ।

वडाध्यक्ष बाजपेयीले शिक्षका लागि वडा कार्यालयले आवश्यकता परेमा सम्पूर्ण विद्यार्थीहरुलाई सहयोग गर्र्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया