नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयका जेहेन्दार र विपन्न विद्यार्थिहरुलाई झोला तथा पोषाक वितरण गरिएको छ ।
सहायताका लागि सहयोगी हातहरुद्धारा विद्यार्थिहरुलाई झोला र पोषाक वितरण गरिएको हो । सहायताका लागि सहयोगी हातहरुका अध्यक्ष पुष्पा सुनारको अध्यक्षतामा गरिएको कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य बादशाह कुर्मिको प्रमुख आतिथ्यतामा वितरण गरिएको थियो । खजुराका समाजसेवी राजनितिक व्यक्तित्व महेन्द्र मल्लको सहयोगमा २० जना विद्यार्थिहरुलाई झोला तथा पोषाक जुत्ता वितरण गरिएको हो ।
सामुदायिक विद्यालयमा पोषाक खरिद गर्न नसकेर थुप्रै विद्यार्थिहरु विना पोषाक विदालयमा आउन बाध्य रहेका छन । केहि विदार्थिहरु पोषाक नहुँदा विद्यालय आउन छाडेको अवस्था आएपछि सहायताका लागि सहयोगी हातहरुले खजुराको धवलागिरीमा रहेको उक्त विद्यालयमा पोषाक वितरण गरेको सचिव विकास हरी कोइरालाले जानकारी दिए ।
सहयोगी महेन्द्र मल्लले जेहेन्दार र विपन्न विद्यार्थिलाई सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर काउँचा, समाजसेवी बेधनिधि प्याकुरेल, शिक्षक शिक्षिका, स्थानिय बासिन्दा, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार