नेपालगञ्ज : बाँकेका पत्रकार डा. डक्तप्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित भएका छन् । दिल्लीस्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा डा. धिताललाई अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड २०२४ बाट सम्मानित गरिएको हो ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा गुड न्युज राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक डा. धिताललाई कार्यक्रमका प्रमुख अतिथि प्यालेस्टाइनका राजदूत सन्दीप महरुवा र विशेष अतिथि भारतीय मुख्य डिजाइनर आस्मा गुल्जार र पदम श्री सुन्त्याले संयुक्त रूपमा सम्मान गरेका थिए ।
ब्राण्डम्यान नामक संस्थाले आयोजना गरेको सो कार्यक्रममा पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै बायोडाटाका आधारमा छनोट गरेर नेपालबाट उहाँलाई सम्मान गरिएको संस्थाका अध्यक्ष अङ्कित कौशिकले बताए । उनका अनुसार डा. धिताललगायत भारतका विभिन्न क्षेत्रमा योगदान गरेका ३२ प्रान्तका ६९ जनालाई पनि सो समारोहमा सम्मान गरिएको थियो ।
प्यालेस्टाइनका राजदूत महरुवाले कार्यक्रममा बोल्दै उत्कृष्ट काम गरेर समाजका लागि उदाहरण बन्ने व्यक्तित्वहरूलाई सम्मान गर्न पाउनु गौरवको कुरा भएको बताए । त्यस्तै भारतका मुख्य फेसन डिजाइनर गुल्जारले ब्रान्डम्यानले विभिन्न क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिहरूलाई सम्मान गर्दैआएको जनाउँदै यो महत्त्वपूर्ण काम जारी राख्न आग्रह गरे ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले पछिल्लो समयमा नागरिक समाजका अगुवाहरूमा देश, समाज र समुदायका लागि केही गरौँ भन्ने भावना वृद्धि हुँदै गएकोमा सन्तोष व्यक्त गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार