Listen LIVE

आदर्श मावि जुनियर रेडक्रस सर्कलद्वारा ट्यांग पानी वितरण

नेपालगञ्ज : नेपालगञ्ज–१० स्थित आदर्श माध्यमिक विद्यालयले आज भेरी अस्पताल अगाडि सर्वसाधारणलाई ट्यांग पानी वितरण गरेको छ । विद्यालयद्वारा गठित जुनियर रेडक्रस सर्कलको आयोजनामा ट्यांग पानी वितरण गरेको हो । 

नेपालगञ्जमा बढ्दो उच्च गर्मी र तातो हावाको लहर (लु)लाई मध्यनजर गर्दै सर्वसाधारणको राहतका लागि ट्यांग पानी वितरण गरिएको विद्यालयका सहायक प्राचार्य टंक प्रसाद गौतमले बताए । विहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म गरिएको वितरण कार्यक्रममा एक हजार जनाले ट्यांग पानी खाएको गौतमले जानकारी दिए । 

आदर्श माध्यमिक विद्यालय जुनियर रेडक्रस सर्कलले बेला–बेला विभिन्न सामाजिक एवम् मानवीय कार्य गर्दै आएको छ ।

प्रतिक्रिया