Listen LIVE

अपहरणमा परेको भन्दै हल्ला फैलाउने बाँकेमा एक पक्राउ

नेपालगञ्ज : आफू अपहरणमा परेको भनेर नेपालगञ्जमा अफवाह फैलाउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार आफू अपहरणमा परेको भनी अफवाह फैलाउने नेपालगञ्ज ११ निवासी २६ वर्षका भरत तिवारीलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी  प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार  साउन ३० गते रातको करिब २०–३० बजेको समयमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ११ का भरत तिवारी अपहरणमा परेको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजले प्रयोग गर्ने मोटरसाइकल नेपालगञ्ज उप–महानगरपालिका २ न्यूरोडमा फेला परेको थियो भने तिवारीलाई डुडुवा गाउँपालिका ५ मा फेला पारेर नियन्त्रणमा लिइएको हो ।

उनले अनुसन्धान गर्ने क्रममा निज तिवारीले आफ्नो मोबाइलमा ३ वटा फेक ह्वाट्सएप आइडी खोली आफ्नो साथीहरुलाई आफू अपहरण परेको कुरा सोही ह्वाट्सएप मार्फत जानकारी गराउने गरेको पाइएको हुँदा तिवारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए ।

प्रतिक्रिया