बर्दिया : बर्दियामा एक बालकको बबई सिचाई आयोजनाको नहरमा डुबेर मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–८ भगतपुर निवासी १६ वर्षीय बालक साहिल बिकको नहरमा डुबेर मृत्यु भएको हो ।
सोमबार बेलुकी करिब साढे छ बजेको समयमा साथीहरूसँग नहरमा नुहाउन गएका बालक बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कतर्नियाको गोताखोर टोलिले ४ घन्टा लगाएर नहरमा खोजी गर्दा बेलुकी साढे ९ बजे सब फेला पारेको प्रहरीले जनाएको छ ।
बेपत्ता भएको ठाउँबाट करिब ८ सय मिटर बगेर गएको बेलामा मृत अवस्थामा शब फेला पारेको हो । अहिले मृतक बालको शब पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा राखिएको छ ।
मृतक बालक बिगत बर्ष देखि बारबर्दिया–८ औरिमा मामा घरको ६० वर्षीया हजुरआमासँग बस्दै आएका थिए ।
2024-08-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार