नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका –७ स्थित खल्ला झगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेको क्षेत्रमा कटान नियन्त्रणका लागि सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सहयोग गर्ने बताएका छन् ।
सांसद ढकालले नदी कटान क्षेत्रमा स्थलगत अध्ययन गरेका छन् । सोमबार बिहान ९ देखि १० बजेसम्म नदीले तिव्र कटान गरिरहेको स्थानमा अनसन बस्ने पनि उनले बताए ।
सांसद ढकालले भने, ‘नदीमा पानीको बहाव बढेमा राप्तीसोनारीको वडा ७ र नरैनापुर गाउँपालिका प्रभावित हुने भएकाले नदी कटान नियन्त्रणका लागि राज्यको ध्यान खिच्न कटान स्थलबाटै ध्यानाकर्षण गर्न लागिएको छ ।’
उनले संसदमा समेत आफूले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको भन्दै यो विषयलाई राप्तीसोनारी र नरैनापुरको मात्र नभई बाँके जिल्लाको पनि सरोकार जोडिएको बताए ।
नदी कटान नियन्त्रणका लागि १५ दिनसम्म हस्ताक्षर सङ्कलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी गरिएको उनले बताए । तत्काल एक करोड रुपियाँ बजेट हुने प्राप्त भएमा ५०० मिटर क्षेत्रमा तटबन्धन गरेर समस्याको समाधान गर्न सकिने उनको भनाइ छ ।
यसअघि सो ठाउँमा अस्थायी तटबन्ध भत्काएकोमा बजेट अभावले पुनः निर्माण नगरिएपछि फेरि कटान तीव्र भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नदीले तीव्र कटान गरिरहेकाले खेतीयोग्य जमिन र बस्तीमा नै प्रवेश गर्ने जोखिम बढेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार