नेपालगञ्ज : दाङको तुलसीपुरमा इनार सफा गर्न पसेका दुई जनाको निसास्सिएर मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
प्रहरी प्रवक्ता थापाका अनुसार स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर उनीहरु बिहान १० बजेतिर इनारमा पसेका थिए । उनीहरु इनारबाट निस्कन नसकेको र भित्र फसेको भन्ने सूचना पाउनासाथ प्रहरी पोष्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको कमाण्डमा दुई जना, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठको नेतृत्वमा आठ जना र नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट रमेश पराजुलीको कमाण्डमा तीन जना प्रहरी खटिएको थियो ।
उनीहरुको उद्धारपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । त्यहाँ पुर्याउनासाथ दुवै जनालाई बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार