नेपालगञ्ज : दाङ लमहीको अर्जुन खोला जङ्गलमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।
आज बिहानै अर्जुनखोला नजिकको पश्चिम्तिरको जंगलमा भालुको आक्रमणमा परेर गम्भीर घाइते महिलाको सशस्त्र प्रहरीले उद्धार गरेको हो । लमही नगरपालिका वडा नम्बर ६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट छोट्की महरवा निवासी ४७ वर्षीय शोवारी घर्ती मगर गम्भीर घाइते भएकी हुन् । उनलाई लमहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ ।
जंगलको बाटोमा हिंडिरहेकी ती महिलालाई भालुले आक्रमण गरेपछि भालुसँँग लडेर गम्भीर घाइते अवस्थामा अर्जुनखोलास्थित सशस्त्र प्रहरी बल नंं. ४१ रिजर्भ गणको गेटसम्म आएकी थिइन् । सशस्त्र प्रहरीले ढिला नगरी तत्कालै ती महिलालाई सशस्त्र प्रहरीको गाडीमा राखेर लमही अस्पताल पुर्याएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । उनको अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार