दाङ : राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशस्तरीय समिति गठन गरिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर सम्पन्न भएको प्रदेशस्तरीय भेलाले प्रदीप गौतमको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा द्रोणप्रसाद जैशी, सचिवमा नीलकण्ठ पोख्रेल,कोषाध्यक्षमा दिनेशकुमार उपाध्याय, सहसचिवमा ऋषिराम पछाई रहेका छन् । सदस्यहरुमा मेनुका अधिकारी, रेवती आचार्य, विश्वराज आचार्य, शरद बुढाथोकी, इन्द्रा बुढामगर, विमलप्रसाद पन्थी, भरतप्रसाद पाण्डे, भुपबहादुर केसी, खगेन्द्र अधिकारी र गोपालजङ्ग चन्द रहेका छन् ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका खानेपानी तथा सरसफाई उपभोक्ता समितिका करिब तीन सय पदाधिकारीहरुको भेलाले नयाँ समिति सर्वसहमतिमा निर्वाचित गरेको निर्वाचन समितिका संयोजक शंकर गौतमले जानकारी दिए ।
यसैबिच सोही भेलाले दाङ जिल्लास्तरीय समितिसमेत गठन गरेको छ । समितिको अध्यक्षमा धुव्र केसी, उपाध्यक्षमा रत्ना केसी र चन्द्रप्रकाश आचार्य, सचिवमा वासुदेव गौतम, कोषाध्यक्षमा यादवप्रसाद शर्मा, सहसचिवमा सनम पौडेल सर्वसहमतिमा निर्वाचित भएका छन् ।
सदस्यहरुमा उषा चौधरी, लक्ष्मी आचार्य, कुन्ता पोख्रेल, शान्ती महत, चेतबहादुर जिसी, उमाकान्त अधिकारी, मीनराज लम्साल, डिल्लीबहादुर वली, खुमबहादुर वली, आशाराम नेपाली-शंकर) र कुलराज देवकोटा रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार