नेपालगञ्ज : कोहलपुर नगरपालिका ३ रझेना स्वास्थ्य चौकिमा मोतीविन्दु आँखा शिविर सञ्चालन हुने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा र नेपालगञ्ज आँखा अस्पतालको संयुक्त आयोजनामा मोतीविन्दु आँखा शिविर भदौं १९ गते सञ्चालन हुने भएको हो ।
नेपाल रेडक्रस स्थापना दिवसका अवसरमा बुधबार कोहलपुर ४ को रझेना स्वास्थ्य चौकीमा मोतीविन्दु आँखा शिविर सञ्चालन हुने रझेना स्वास्थ्य चौकीका कार्यालय प्रमुख भुपेश खत्रीले जानकारी दिए ।
आफ्नो घर नजिकै मोती विन्दुसम्बन्धी शिविर हुन लागेको हुँदा लाभान्वित हुन स्वास्थ्य चौकीका कार्यालय प्रमुख खत्रीले सबैमा आग्रह गरेका छन् ।
2024-09-02
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार