Listen LIVE

भन्सार छली ल्याएका १० लाख बढीको समान बरामद

नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जले वडा नम्वर २१ बसन्त चौकबाट ठुलो परिमाणको भन्सार छलेर भित्रिएको विभिन्न कम्पनीका ग्लास बरामद गरेको छ । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज २१ बसन्त चौक नजिकबाट १० लाख बढीको विभिन्न कम्पनीका  मोवाईल ग्लास बरामद गरेको हो । 

वडा प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज २१ बसन्त मल्ल चोक नजिकबाट भन्सार छलेर भित्रिएको विभिन्न कम्पनीका मोवाईल ग्लास ९ हजार २ सय ८० पिस, दुई थान मोटरसाईकल र तिन थान साईकल बेबारिसे अबस्थामा रहेको समान फेला पारी बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसीले बताए । प्रहरीका अनुसार अन्दाजी १० लाख ५ हजार मूल्य बराबरको सामान रहेको छ ।

प्रतिक्रिया