Listen LIVE

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बर्दिया : जबरजस्ती करणी गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका–४ बस्ने २७ वर्षीय नारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

नारायणले ती बालिकालाई सोही ठाउँस्थित खडकदेवी सामुदायिक वनमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया