Listen LIVE

थारु युवा सभाद्वारा विद्यार्थीलाई झोला वितरण

नेपालगञ्ज : थारु युवा सभाले विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । पढाईमा सहजताका लागि बाँकेको बैजनाथ–८ स्थित लक्ष्मी प्राथमिक विद्यालयका ५२ जना विद्यार्थीलाई सहयोग स्वरुप झोला वितरण गरिएको केन्द्रीय अध्यक्ष पवन कुमार थारुले बताए ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आतिथ्यता एवं थारु कल्याणकारिणी सभाका बाँके जिल्ला सभापति विनोद कुमार थारुको विशिष्ट आतिथ्यतामा झोला वितरण गरिएको थियो । कार्यक्रममा बोल्ने अतिथिहरुले आजका बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको शिक्षण सिकाई क्रियाकलापलाई टेवा पुग्ने गरी सबैले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकाय, वडा नम्बर ८ की वडा सदस्य विमला सिंह थारु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया