Listen LIVE

दक्षिण कोरिया जहाज दुर्घटनामा १७९ जनाको मृत्यु, दुईको उद्धार

नेपालगञ्ज : दक्षिण कोरियामा आज बिहान भएको भयानक जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ ।

कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको जेजु एयर जहाज दुर्घटनामा दुई जनाको जिवितै उद्धार हुँदा १७९ जनाको मृत्यु भएको छ । 

विमान धावनमार्गबाट बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो । समाचार अनुसार १७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।

उद्दार टोलीले जहाजका एक सदस्य र एक महिला यात्रुको उद्धार गरेको हो । उनीहरुको अहिले अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया