Listen LIVE

बाँकेमा लुम्बिनी गोल्डेन ट्यालेन्ट हन्ट शो हुँदै

नेपालगञ्ज : बाँकेमा लुम्बिनी गोल्डेन ट्यालेन्ट इभेन्ट्सद्वारा लुम्बिनी गोल्डेन ट्यालेन्ट हन्ट शो २०८२ को आयोजना हुने भएको छ । कलाको क्षेत्रमा रुचि भएकाहरुको लागि यस कार्यक्रमले अवसर प्रदान गर्ने र अन्तर्निहित प्रतिभालाई प्रवर्धन गर्ने आयोजकले जनाएको छ ।

डान्स, म्युजिक, तथा विविध २ वटा विधामा सहभागीहरुले आफ्नो कला देखाउन सक्ने र उक्त कार्यक्रमको अडिसन राउण्ड असाढ २ गते हुने इभेन्टका सञ्चालक अमन अधिकारी र नरेन्द्र बीसीले जानकारी दिएका छन ।

उनीहरुका अनुसारको ईभेन्ट्मा भाग लिनका लागि ५०० रुपैयाँ रजिस्ट्रेशन फर्म रहेको छ, भने भाग लिएका मध्ये प्रथम विजेतालाई नगद ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई १५ हजार पुरस्कारको व्यवस्था रहेको छ ।

प्रतिक्रिया