नेपालगञ्ज : नेपालगञ्जदेखि भारतका विभिन्न ठाउँमा यात्रु लिएर जाने गरेका सवारी र यिनका टुर एण्ड ट्राभल्स एजेन्सिले लुट मच्चाएका छन् ।
भारतको गुवाका लागि हिडेका एक सय जना यात्रुृहरु भारतको मध्य प्रदेशमा हाईज्याक भएका छन् ।
नेपालगञ्जबाट भारतको गुवाको लागि हिडेको बसा मालिकलाई नेपालगन्ज पुष्पलालचोकमा रहेको पञ्चकोशी र भगवती टुर्स एण्ड ट्राभल्सले टिकेट काटेको ६० हजार नदिँदा सयौं यात्रुहरुलाई सोही गाडी साहुले २४ घण्टासम्म हाईज्याक गरेका हुन् ।
भारतको ग्ए ढघद्य त्ढढद्धद्ध नम्बरको बसमा सवार यात्रुहरुको नेपालका उक्त दुई ट्राभल्सले भाडा वापत बुझाउन बाँकी ६० हजार रुपैयाँ नबुझाए पछि गाडी साहूले आफै यात्रुहरुलाई हाईज्याक अर्थात यात्रुहरुलाई होल्ड गरेको बताइएको छ ।
जनही ३ हजार भारु अर्थात् ४ हजार आठ सय रुपैयाँ नेपालीका दरले अग्रिम भाडा बुझाएका छन् । ट्राभल्सको आर्थिक बदमासीका कारण सयौ यात्रुहरुले पर भुमीमा सास्ती व्यहोर्नु परेको छ ।
नेपालगञ्जमा भएका दर्जन यस्ता एजेन्सीले नागरिकलाई दुःख दिँदै आएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार