Listen LIVE

लागूऔषध ब्राउनसुगरसहित बाँकेका दुई जना पक्राउ

बर्दिया : बर्दिया प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना युवकलाई पक्राउ गरेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका बाँके खजुरा गाउँपालिका–६ बस्ने २३ वर्षीय पदम बहादुर बुढामगर र २५ वर्षीय शंकर विक रहेका छन् ।

पक्राउ परेका दुबै जनामाथि सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया