Listen LIVE

घरको सिँढीबाट लड्दा एक महिलाको मृत्यु

दाङ : दाङको तुलसीपुरमा घरको सिँढीबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका–३ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ (ङ) लाइनमा विगत एक महिना अघिदेखि कोठा भाडामा बस्दै आउनुभएकी ४२ वर्षीया तिला परियारको सिँढीबाट लडेर मृत्यु भएको हो ।

परियार बिहान साढे ७ बजेतिर सिँढीबाट लडेर शक्त घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उहाँलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा साढे ८ बजेतिर पु¥याइएको थियो ।

राप्ती प्रादेशिक अस्पतालले प्रारम्भिक उपचारपछि पौने ९ बजेतिर घाइतेलाई बाँकेस्थित मेडिकल कलेज कोहलपुरका लागि रिफर गरिदिएको थियो ।

बिहान साढे ११ बजे आफन्तले घाइतेलाई अस्पताल पु¥याएका थिए । तत्कालै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया