नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका वडा नं–६ का दलित समुदाय लक्षित गरी सोमबार कानुन बारे अन्तरक्रिया गरिएको छ । दलितहरुको हक अधिकारका सम्बन्धमा कानूनमा भएको व्यवस्थाका बारेमा सोमबार एक दिने अन्तरक्रिया गरिएको हो ।
जानकी गाउँपालिका वडा नं–६ को आर्थिक सहयोगमा सहायतका लागि सहयोगी हातहरु खजुरा–४ को आयोजनामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले दलित समुदायमा आफ्नो हक अधिकारका बारेमा जानकारी हुनुपर्ने बताए ।
अध्यक्ष खाँले हक अधिकारको बारेमा जानकारी हुँदा जीवनयापनका क्रममा राम्रै हुने भएकाले यस्ता कुराबारे जानकार हुनुपर्ने र समुदायका अन्यलाई समेत सिकाउनुपर्ने बताए । वडा अध्यक्ष जगदिश हरिजनले आवश्यक कुराहरुमा समुदायमा अझै कमी रहेकाले यस्ता कार्यक्रममार्फत सचेत बनाउनुपर्ने आवश्यकता रहेको धारणा राखे ।
दलित समुदायका व्यक्तिहरुलाई जागरुक गराउन यसले सहयोग पुग्ने बताउँदै अध्यक्ष हरिजनले आगामी दिनमा यस्ता विविध कार्यक्रमहरु संचालन गरिने बताए । सहयोगी हातहरुका अध्यक्ष पुष्पा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिका सामाजिक विकास संयोजक रामअँचल धोवी, वडा नं–६ वडा सदस्य प्रेम बहादुर लोनिया, प्रमिला हरिजन लगायतको उपस्थिति रहेको थियो ।
सहयोगी हातहरुका सचिव विकास हरि कोइरालाका अनुसार अन्तरक्रियामा सरकारी वकिल कार्यालयका सहायक न्यायधिवक्ता शंकर बिकले अन्तरक्रियामा कानूनमा भएका व्यवस्थाहरुका बारेमा जानकारी गराएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार