Listen LIVE

बालमैत्री स्थानीय शासन विषयक तालिम नेपालगञ्जमा सम्पन्न

नेपालगञ्ज : बालमैत्री स्थानीय शासन विषयक दुइ दिने तालिम नेपालगञ्जमा सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ को सहयोग र युवा घरको आयोजनामा आइतबारबाट सुरु भइ सोमबार सो तालिम सम्पन्न भएको हो । 

तालिमको समापन समारोहमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्ब १२ का अध्यक्ष तरुण बज्राचार्यले बालमैत्री स्थानीय शासनको सिद्धान्तलाई अवलम्बन गर्दै यस अघिनै वडालाई बालमैत्री वडा घोषणा गरीेसकिएको बताउँदै यसको दिगोपनाको लागि कार्ययोजनाबद्ध तरिकाले काम गर्ने बताए । स्थानीय सरकार सञ्चालन ऐन–२०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यबिधि २०७८, अनुसार २३ वटा वडा मध्ये वडा नं. १२ पहिलो बालमैत्री वडा घोषणा गरिएको भएपनि दिगोपनामा चुनौ रहेको अध्यक्ष बज्राचार्यको भनाइ थियो । 

तालिमको समापनमा बोल्दै वडा सचिब नेवलाल घर्तीले तालिमबाट बालमैत्री स्थानीय शासनको वारेमा सबैलाई जानकारी भएको बताउदै सबैले आ—आफ्नो जिम्मेवारी पुरा गर्न लागि परेमा बालमैत्री स्थानीय शासनको दिगोपना हुने बताए । तालिममा बोल्दै स्वास्थ्य चौकी इन्चार्ज आरती चौधरीले बालमैत्री स्थानीय शासनलाइ संस्थागत गर्न सबैको हातेमालो जरुरी रहेको बताए । तालिमका सहभागि आकृती चिडिमार र अभिशेष भट्टले तालिमका विषयवस्तु समय सान्दर्भिक भएको र उपलब्धिमुलक भएको बताएका थिए ।

२ दिनसम्म चलेको तालिममा प्रशिक्षक मन भण्डारी र हेमराज भट्टले बाल अधिकार, बाल संरक्षण,  बालबाललिकाको आधारभूत अधिकार तथा व्यवस्था र कानुनी प्रावधान,  बालमैत्री स्थानीय शासनको अवधारणा, विषय, मुख्य क्षेत्र तथा सिद्धान्त, बालमैत्री स्थानीय शासनका सूचकहरु, बालमैत्री स्थानीय शासनका चरणहरु, स्थानीय सरकारको भुमिका लगायतको विषयमा  प्रशिक्षण दिएका थिए । 

तालिममा वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, वडा तथा बिध्यालय स्तरीय बाल क्लव संजाल तथा वाल क्लवका पदाधिकारीहरु लगायतका ३५ जनाको सहभागिता रहेको थियो । युवा घरका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रमको संचालन युवा घरका सदस्य शिव कुमार वर्माले गरेका थिए । 

प्रतिक्रिया