Listen LIVE

महिला संघ बाँकेद्वारा एमपी स्कुलमा बृक्षारोपण

नेपालगञ्ज : नेपाल महिला संघको ७६औं स्थापना दिवसको अवसरमा नेपालगञ्जमा आज बृक्षारोपण गरिएको छ । नेपाल महिला संघ बाँकेको आयोजनामा बृक्षारोपण कार्यक्रम गरिएको हो ।

संघकी कार्यवहाक अध्यक्ष उमा थापाको सभापतित्व एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडलको प्रमुख आतिथ्यतामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । मंगल प्रसाद महिला कलेज प्रांगणमा गरिएको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति गौडेलले पार्टीका भातृ तथा शुभेच्छुक संगठनलाई क्रियाशील र चलायमान बनाउने गरी विभिन्न गतिविधिहरु सञ्चालन गर्न निर्देशन दिए । 

महिला संघले बृक्षारोपण कार्यक्रम आयोजना गरेर निकै राम्रो काम गरेको भन्दै उनले भ्रातृ तथा शुभेच्छुक संगठनलाई संगठन विस्तार र सुदृढीकरणसंगै सामाजिक उत्तरदायित्व र नागरिक सरोकारसंग सम्बन्धित विषयहरुमा ध्यान केन्द्रित गर्न आग्रह पनि गरे ।

कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण कुमारी सापकोटा (चौधरी), महिला संघकी केन्द्रीय सदस्य भारती जोशी, लुम्बिनी प्रदेश सदस्यहरु माया पुन, सञ्जु चौधरी र सुशिला नेपाली (बादी), कांग्रेस जिल्ला सहसचिव रेनु सिंह ठाकुर, जिल्ला समन्वय समिति उपसंयोजक सीता कार्की लगायत महिला नेतृहरुको उपस्थिति थियो ।

प्रतिक्रिया