नेपालगञ्ज : युवा नेतृत्व, सीप विकास, नवप्रवर्तन तथा सामाजिक उत्तरदायित्वलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सम्भावना नेपालले 'नेपालगञ्ज युवा विकास सम्मेलन–२०२६' आयोजना गर्ने भएको छ । असार ४ र ५ गते नेपालगञ्जमा उक्त सम्मेलन हुने भएको हो ।
सम्भावना नेपालका अध्यक्ष साहिल अन्सारीले युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा राष्ट्र निर्माणमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार सम्मेलनले विभिन्न क्षेत्रका विज्ञ, युवा अभियन्ता, उद्यमी, शिक्षाविद् तथा सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याई अनुभव आदानप्रदान तथा नीतिगत बहसको अवसर प्रदान गर्नेछ ।
आयोजना हुन लागेको सम्मेलनमा शिक्षा, उद्यमशीलता, रोजगारी, नेतृत्व विकास, प्रविधि तथा सामाजिक रूपान्तरणका विषयमा छलफल गरिनेछ । साथै युवाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र नयाँ अवसरहरू पहिचान गर्ने वातावरण सिर्जना गरिने अपेक्षा गरिएको छ ।
अध्यक्ष अन्सारीले देशको भविष्य युवाहरूको हातमा रहेको उल्लेख गर्दै सम्मेलनलाई सफल बनाउन सम्पूर्ण युवा, सरोकारवाला निकाय तथा समुदायको सक्रिय सहभागिताका लागि आग्रह गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार