नेपालगञ्ज : बर्दिया गुलरिया नगरपालिका वडा नं. २ बैरियाघाट स्थित बबई नदिको बीच भाग एक महिलाको शव फेला परेको छ ।
वर्ष अन्दाजी ३०÷३५ को जस्तो देखिने पहिचान नखुलेको महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
उक्त शव हाल बर्दिया जिल्ला अस्पताल गुलरियाको शव घरमा राखिएको छ ।
शवको हुलिया दाहिने हातमा रातो डोरीले बाँधेको, दुबै कानमा पहेंलो प्लाष्टिकको टप लगाएको, घाँटीमा रातो डोरीको माला लगाएको, तलको शरिरमा पहेलो रंगको बुट्टेदार शुरुवाल लगाएको, सुरुवालको खल्तिमा कालो काँटा र सुन्तला रंगको लेवन्टी रहेको छ ।
उल्लेखित हुलिया भएको महिलालाई चिन्नु भएमा जिल्ला प्रहरी कार्यालय बर्दियाको १०० वा ९८५८०९०१०१ वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनु हुन प्रहरीले आग्रह गरेको छ ।
2024-07-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार