नेपालगञ्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आजदेखी स्वास्थ्य बीमा सञ्चालनमा आएको छ ।
उक्त मेडिकल कलेज सहित १० वटा निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बीमा अन्तरगत सेवा दिने भएका छन् । २ वटा आँखा अस्पताल सहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ ।
स्वास्थ्य बीमा बोर्डसंग भएको सम्झौँता अनुसार नै यी संस्थाहरुले आजबाट स्वास्थ्य बीमा कार्यक्रम ल्याएका छन् ।
बीमा बोर्डका अनुसार स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अन्य निजी अस्पतालहरुमा काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटल (केएमसी अस्पताल) सिनामंगल काठमाडौँ, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला काठमाडौँ, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन् ।
त्यसैगरी बी.एण्ड.सी. मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरेनी रुपन्देही रहेका छन् ।
यस्तै आजबाट स्वास्थ्य बीमा सञ्चालन हुने दुई वटा आँखा अस्पतालहरु मध्य बिर्ताज्योति आईकेयर प्रा.लि. झापा र दृष्टि आई अस्पताल पोखरा रहेका छन् ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका अस्पतालका उप निर्देशक डा. दिनेश श्रेष्ठले स्वास्थ्य बीमा लागू भएपछि नेपालगञ्जमा रहेको भेरी अस्पतालमा हुने बीमाका बिरामीहरुको भिडभाड अब कम हुने र बिरामीहरुले सस्तोमा प्राइभेट अस्पतालमा सेवा पाउने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार