Listen LIVE

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एकको मृत्यु

दाङ : दाङको कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका–२ निवासी ४५ वर्षीय लालमणि यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए ।

बज्रगुरु कान्छाराम जेभी कन्स्ट्रक्शन प्रालिले सञ्चालन गरेको अलकत्रा -बिटुमिन) बनाउने प्लान्टमा यादव काम गरिरहेका बेला जेसिबी चालकले बालुवा खन्याउँदा गम्भिर घाइते भएका थिए ।

प्रहरी नायब उपरीक्षक डा. केसीका अनुसार इलाका प्रहरी कार्यालय गढवाको टोलीले तत्काल उद्धार गरी उपचारका लागि लमही अस्पताल पु¥याएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनापछि जेसिबी र चालक अनिलकुमार थारूलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया