नेपालगञ्ज : बाँकेमा हालसम्म ९० जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्ज, सञ्जीवनी अस्पताल लगायत अन्य अस्पतालहरूमा चेकजाँचका क्रममा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका मलेरिया फोकल पर्सन रत्नप्रसाद शर्माले जानकारी दिए ।
यसैबीच डेंगु सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि नेपालगन्ज उपमहानगरपालिकाले 'लार्भा नष्ट' अभियान सञ्चालन गरिने भएको छ । डेंगु सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न पालिकाका २३ वटै वडामा लामखुट्टेको बासस्थानसहित लार्भा नष्ट अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख जागेश्वर बस्नेतले बताए ।
जनस्वास्थ्य प्रबद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत समेत रहेका कीटजन्य रोगका सम्पर्क व्यक्ति सरोज रिमालका अनुसार केही दिनभित्रै अभियान सञ्चालन गर्ने गरी सम्वद्ध सरोकारवालाहरूसँग छलफल गरिएको छ ।
अभियानमा घर तथा समुदाय वरिपरि जमेको पानी, गमला, एसी, कुलर लगायत पानी जम्मा हुने स्थानमा डेंगु सार्ने लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गरिनेछ ।
विगतमा सञ्चालन गरिएको …खोज र नष्ट गरÚ अभियानपछि डेंगु संक्रमण घटेको थियो । त्यही भएर यो वर्ष पनि अभियान चलाउन लागिएको उनको भनाइ छ ।
डेंगु सार्ने लामखुट्टे कात्तिक–मङ्सिरसम्म सक्रिय रहने भएकाले यो अवधि अघि नै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार