नेपालगञ्ज : नेपाल पत्रकार महासंघ विरुद्धको आन्दोलन अन्तर्गत नेपाल प्रेस युनियन बाँके शाखाले आज महासंघको बाँके शाखामा धर्ना दिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्यहरुको नामावली हटाएर चोर बाटोबाट गैर सदस्यहरु थप गरी मतदाता नामावली सार्वजनिक गरेको विरोधमा नेपाल प्रेस युनियनको केन्द्रीय कार्यसमितिको सर्कुलर अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिइएको युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले बताए ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला शाखाहरुमा एकैसाथ धर्ना दिने कार्यक्रम रहेकाले पत्रकार महासंघ बाँके शाखामा युनियन बाँकेले धर्ना दिएको हो । जिल्ला अध्यक्ष ढकालको नेतृत्वमा लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी, प्रदेश सचिवालय सदस्य गौरव गिरी, अग्रज नेताहरु निरज गौतम, राकेश मिश्र, युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली सहितको सहभागितामा धर्ना दिइएको अध्यक्ष ढकालले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार