बर्दिया : बढैयाताल गाउँपालिकाको कालिकास्थित भत्केको पुल नजिक भारतीय सिमा नाका बलैगाउँबाट लुकाई छिपाई ल्याएको अवैध लागूऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
१ सय मिलिग्राम उक्त पदार्थसहित बिहीबार राति पक्राउ परेका बाँसगढी नगरपालिका–४ मदाहाका २५ वर्षीय अजय चौधरीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले चौधरीसँग सोधपुछ गर्दा उनलाई पर्खिरहेका सोही ठाउँका ४० वर्षीय चित्र बहादुर थापालाई भे १० प ४८१६ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिइएको बताए । दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
2024-07-12
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार