Listen LIVE

बैतडीमा बलात्कार आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ

बैतडी : बलात्कारको आरोपमा बैतडीमा एक स्वास्थ्य चौकीका प्रमुख पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिका–२ गाँजरी स्वास्थ्य चौकीका प्रमुखसमेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी छन् ।

३१ वर्षीया युवतीले आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै जाहेरी दिएपछि धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । धामीले विभिन्न प्रलोभनमा पारी पटक–पटक जबरजस्तीकरणी गरेको पीडित युवतीको आरोप छ ।

पीडित युवती अविवाहित र स्वास्थ्यकर्मी समेत रहेकी बुझिएको छ । पक्राउ पर्ने धामी विवाहित रहेका छन् । पीडितले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया