Listen LIVE

भारतले धौलीगंगा बाँध खोल्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

दार्चुला : भारतले सीमा नदी महाकालीमा मिसिने धौलीगंगा बाँधका ढोकाहरू खोलेको छ । शुक्रबार बिहानैबाट बाँधका ढोका खोलिँदा सीमा नदी महाकालीको बहाव बढेको छ । 

धौलीगंगा पावर स्टेसनको जलाशयमा पानी अत्यधिक भएकाले सिल्ट सरसफाइका लागि आकस्मिक रूपमा बाँध खोल्नुपरेको भारतीय पक्षले जनाएको छ।

धौलीगंगा बाँधका ढोका खोलिएका कारण महाकाली नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन भनिएको हो । दार्चुला र बैतडीका महाकाली नदी किनारमा बसोबास गर्ने नागरिकलाई तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ।

शुक्रबार बिहान डेढ बजेतिर खोलिएको बाँध शनिबार दिउँसोसम्म खुला रहने धौलीगंगा पावर स्टेसन एनएचपीसीले जनाएको छ ।

प्रतिक्रिया