काठमाण्डौ : भारतको पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा डुङ्गा पल्टँदा ६ जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना बेपत्ता भएका छन् भने ११ जना सकुशल रहेको बताइएको छ ।
बारहका एसडिएम शुभम कुमारले भने, “यहाँ एउटा सानो डुङ्गा पल्टिएको थियो । डुङ्गामा १७ जना सवार थिए, तीमध्ये ११ जना सकुशल छन् भने छ जना बेपत्ता भएका छन् ।”
2024-06-17
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार