डोटी : विद्युतीय दुर्घटना न्यूनीकरणका लागि विद्युत् वितरण केन्द्र दिपायलले डोटी जिल्लाको मुख्य व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा नाङ्गो तार विस्थापित गर्न थालेको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर–४ पिपल्ला बजारमा नाङ्गोतारलाई विस्थापित गरी कालो प्लास्टिक जडित नयाँ तार जडानको काम धमाधम भइरहेको विद्युत् वितरण केन्द्र दिपायलले जानकारी दिएको छ ।
बजारमा दिनप्रतिदिन चहलपहल बढेसँगै घना बस्ती रहेको पिपल्ला बजार क्षेत्रमा नाङ्गो तारका कारण विद्युत् तार सर्ट भई दुर्घटना हुने जोखिम बढेसँगै नाङ्गो तारलाई विस्थापन गरी प्लास्टिक जडित (इन्सुलेटेड) केवल तार प्रयोग गरिएको नेपाल विद्युत् वितरण केन्द्र दिपायलका कार्यालय प्रमुख शिवशङ्कर सोनीले बताए । सोनीले भने नयाँ तारबाट वितरण हुने विद्युत् चुहावटको समस्या धेरै कम हुने गर्छ ।
जिल्लाका बजारिया क्षेत्रमा तत्काल नाङ्गो तारलाई विस्थापन गरिने सोनीले बताउनु भएको छ । साथै विद्युतका तारहरू फेरिएसँगै हावाहुरी लाग्दा पोल ढल्दा कुनै दुर्घटना नहुने उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार