Listen LIVE

कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

कैलाली : सडक दुर्घटनामा परी कैलालीमा दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्रराजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–८, गुलारामा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प. ०१–००१ ज १४२१ नम्बरको हाईस र विपरीत दिशाबाट आइरहेको सु.प. ०१–०१३ प ५१३९ नम्बरको मोटरसाइकल मङ्गलबार साँझ एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लम्कीचुहा नगरपालिका–८ का ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूको टिकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि चालक फरार भए पनि हाईस धनीलाई टिकापुरबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया