रौतहट : रौतहटको गरुडामा एक पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका–५ झाँझखोलामा करिब ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।
खोलामा शव तैरिरहेको अवश्थामा स्थानीयले देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
सशस्त्र प्रहरीको सुरक्षा बेस दुधियाभार र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उक्त शवलाई खोलाबाट बाहिर निकालेको छ ।
मृतकको पहिचान हुन सकेको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
2024-07-23
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार